काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ । बुधबारको सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य हालसम्मकै महँगो बिन्दुको बराबरमा पुगेको छ । यसअघि गत कात्तिक १५ गते छापावाल सुन हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो ।
यसैगरी, बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ९९५ रुपैयाँमा कारोबरा भइरहेको छ ।