क्यानडामा ८० जना सवार जहाज अवतरणका क्रममा पल्टियो

काठमाडौं । क्यानडामा ८० जना सवार विमान दुर्घटना भएको छ । अमेरिकाको मिनेसोटाबाट याु लिएर आएको डेल्टा एयरलाइन्सको जहाज टोरन्टोको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेमै पल्टिएको हो ।

स्थानीय समय अनुसार सोमबार दिउँसो अवतरणका क्रममा विमानस्थलमा पल्टिएको हो । क्यानडेली सञ्चारमाध्यम सीबीसीका अनुसार दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जहाजमा चालकदलका ४ सदस्य र ७६ यात्रु रहेका थिए ।

जहाजमा रहेका यात्रुहरूले एक्कासि अवतरण गरिएको बताएका छन् । जहाज पल्टिएपछि केही भागमा आगो लागे पनि तत्कालै निभाइएको थियो ।

पियर्सन विमानस्थलका हवाई यातायात नियन्त्रण टावरको अडियो रेकर्डअनुसार डेल्टा एयरलाइन्सलाई दिउँसो २ बजे अवतरणका लागि अनुमति दिइएको थियो । क्यानडियन प्रेसको एक रिपोर्टअनुसार टावरले पाइलटहरूलाई एक विमानको ‘ग्लाइड पाथ’मा सम्भावित वायुप्रवाहको ‘टक्कर’का बारेमा चेतावनी दिएको थियो । त्यसपछि टावर र पाइलटहरूबीच कुराकानी नभएको पनि सीबीसीले जनाएको छ ।

जहाज के कारणले दुर्घटना भयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । दुर्घटनामा परेको डेल्टा एयरलाइन्सको जहाज बमबार्डियर इंकले बनाएको हो ।

सुपारी, केराउ र मरिच आयातको कोटा हटाइयाे, नयाँ उद्योगले पनि ल्याउन पाउने Read Previous

सुपारी, केराउ र मरिच आयातको कोटा हटाइयाे, नयाँ उद्योगले पनि ल्याउन पाउने

मध्य घुन्सा खोला जलविद्युत् र प्राधिकरण बीच ग्रिड कनेक्सन सम्झौता Read Next

मध्य घुन्सा खोला जलविद्युत् र प्राधिकरण बीच ग्रिड कनेक्सन सम्झौता