मालपोत साँखुका नायब सुब्बा घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिँदालिँदै नियन्त्रण्मा लिएको छ ।

 

टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो ।

 

कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत उक्त रकम घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

यस्तै आयोगले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक हेमन्त केसीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजले ७ हजार घुस लिई ती व्यक्तिलाई छुटाएको आयोगले जनाएको छ ।

भक्तपुर नगरपालिकाले सर्टिफिकेट धितोमा ५ लाख ऋण दिने Read Previous

भक्तपुर नगरपालिकाले सर्टिफिकेट धितोमा ५ लाख ऋण दिने

निर्माण स्थल टुङ्गो नलाग्दा कोटेश्वरमा बन्ने आकाशेपुल अन्योलमा Read Next

निर्माण स्थल टुङ्गो नलाग्दा कोटेश्वरमा बन्ने आकाशेपुल अन्योलमा