बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्ट

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएका १२ जना मध्येबाट ५ जनाको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

समितिका अनुसार कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा सर्टलिष्टमा परेका छन् ।

सर्टलिष्टमा परेका रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन्। त्यस्तै, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक, पुडासैनी पूर्वराजस्व सचिव तथा हाल कृषि विकास बैंकका अध्यक्ष र ओझा पत्रकार हुन्।

समितिले सर्टलिष्टमा परेकाहरुलाई फागुन १० गते प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाएको छ। प्रतुतीकरण र अन्तरवार्ता सो दिन अर्थमन्त्रालयमा दिउँसो २ बजे सुरु हुनेछ।

सर्टलिस्टमा परेका ५ जनामध्येबाट ३ जनाको नाम समितिले नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। तीमध्ये १ जनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ।

माघमा सुस्तायो बैंकको व्यवसाय : कुल निक्षेपभन्दा एनआइसीबाट बाहिरिने धेरै, कुनको कति ? Read Previous

माघमा सुस्तायो बैंकको व्यवसाय : कुल निक्षेपभन्दा एनआइसीबाट बाहिरिने धेरै, कुनको कति ?

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन Read Next

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन