इनड्राइभ नेपालले गर्यो प्रयोगकर्ताको दुर्घटना बीमा

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरूआत गरेको छ ।

यस पहलले चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

सम्झौता पत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नुपरेको अवस्थामा ८० हजार रुपैयाँ रकम भुक्तानी गर्नेछ । नाबालिक यात्रुहरूको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ।

इनड्राइभ नेपाल कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हाम्रा प्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो । यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्नेछ । हामी हाम्रा प्रयोगकर्ता र चालक साझेदारहरूको सुरक्षाका लागि प्रतिबद्ध छौं ।’

यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड-हेलिङ वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।

विन नेपाल लघुवित्तले पायो एफपीओ जारी गर्न अनुमति Read Previous

विन नेपाल लघुवित्तले पायो एफपीओ जारी गर्न अनुमति

द क्लिफमा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा, स्पीड प्रतिघण्टा १४० किमी Read Next

द क्लिफमा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा, स्पीड प्रतिघण्टा १४० किमी