 
			काठमाडौं । अर्थ मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न ३ अर्ब रुपैयाँ निकासा गरेको छ ।
गत वर्ष पश्चिम नेपालको जाजरकोट लगायत जिल्लामा गएको भूकम्प र यस वर्ष गएको बाढिपहिरोबाट क्षति पुगेका निजी आवास पुनर्निर्माणका लागि उक्त रकम निकाशा गरिएको हो ।
बुधबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच निजी आवास सहित अन्य भौतिक संरचना पुनर्निर्माण व्यवस्थित रूपमा अगाडि बढाउने बारे छलफल भएको छ । त्यसपछि अर्थले ३ अर्ब रुपैयाँ निकासा गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
१ वर्ष बित्दा पनि भूकम्प पीडितको निजी आवास पुनर्निर्माण हुन नसकेपछि सरकारको चौत्र्फी आलोचना भइरहेको छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                