नेपाल फाइनान्सको ११ लाख कित्ता सेयर लिलामीमा आयो, न्यूनतम मूल्य कति ?

काठमाडौं । नेपाल फाइनान्सले झण्डै ११ लाख कित्ता सेयर लिलामीमा ल्याएको छ । कम्पनीले आजदेखि १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

उक्त लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँ घटाउन पाउने छैनन् ।

फाइनान्सको लिलामी सेयरमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखा कार्यालयहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखामा आवेदन बुझाउन सक्नेछन् । त्यस्तै, प्रभु बैंकको विराटनगर, वीरगंज, नेपालगंज, सुर्खेत र धनगढी शाखामा पनि आवेदन बुझाउन सकिनेछ ।

कोरियन लागनीमा निर्माणाधीन माथिल्लो त्रिशूलीले सामाजिक उत्तरदायित्वमा खर्च गर्यो १७ करोड Read Previous

कोरियन लागनीमा निर्माणाधीन माथिल्लो त्रिशूलीले सामाजिक उत्तरदायित्वमा खर्च गर्यो १७ करोड

निजी आवास पुनर्निर्माण गर्न ३ अर्ब निकासा Read Next

निजी आवास पुनर्निर्माण गर्न ३ अर्ब निकासा