फागुन ११ देखि आइपीओ बिक्री गर्दै नेपाल माइक्रो इन्स्योरेन्स

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीको आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

एकैपटक अर्थ मन्त्रालयका १४ सहसचिवको जिम्मेवार हेरफेर, भन्सारको महानिर्देशकमा भट्टराई Read Next

एकैपटक अर्थ मन्त्रालयका १४ सहसचिवको जिम्मेवार हेरफेर, भन्सारको महानिर्देशकमा भट्टराई