काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (फागुन २ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले गत आवको नाफाबाट ३० प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीको फागुन १५ गते ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ ।