सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार नेप्से सूचक ६.५४ विन्दुले बढेर २६८३.८६ अंकमा आएको छ । ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक सकारात्मक बनेका छन् भने ८ उपसूचक राताम्य भएका छन् ।

त्यस्तै, १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी होल्डिङस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावरको ३५ करोड ११ लाख, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख , एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ६९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाथीभरा केबलकार निर्माण विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको अस्वीकार Read Previous

पाथीभरा केबलकार निर्माण विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको अस्वीकार

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह Read Next

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह