काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा केबलकार निर्माण विरुद्धको मुद्धा दर्ता गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् । आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।
सर्वोच्च अदालत नियमावलीको नियम १८(२) मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।
त्यही व्यवस्थालाई आधार देखाई अधिवक्ता लक्ष्मी तामाङले पेश गरेको निवेदन दरपीठ भएको हो ।
पाथीभरा मन्दिरमा आईएमई ग्रुपले बनाउन लागेको केबलकार अहिले विवादित बनेको छ । निर्माण रोक्न भन्दै विभिन्न पक्षहरुले आन्दोलन नै गरिरहेका छन् ।
तर निर्माण हुनपर्ने र भौतिक संरचना हरु बन्दा देशमा बहुपक्षिय रुपमा फाइदा हुने भन्नेहरुको संख्या पनि निकै ठूलो देखिन्छ ।
भएको विवरण सल्टाउनको लागि सरकारले समेत समन्वयको काम गरिरहेको छ ।