दरबारमार्गको फूटपाथमा ग्रेनाइट राख्न सुरू

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रको पैदल मार्ग (फूटपाथ)मा ग्रेनाइट बिछ्याउने काम थालिएको छ ।

नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउन सुरु गरिएको हो ।

५ करोड १५ लाख रुपैयाँ लागतमा उक्त काम थालिएको हो । महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।

सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको छ । त्यसभन्दा माथि ब्रिक सोलिङ् गरिएको छ । त्यसभन्दा पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ । ग्रेनाइट १६ एमएमसम्मको हुनेछ । ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम हुँदैन ।

उक्त ग्रेनाइट लगाउने कामको ठेक्का सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले पाएको छ । गत २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको थियो । योजनाको निर्माण अवधि यही माघ मसान्तसम्म रहेको छ ।

देशका ७५३ वटै पालिकामा पुग्यो वाणिज्य बैंक, साइपालमा एभरेष्टको नयाँ शाखा Read Previous

देशका ७५३ वटै पालिकामा पुग्यो वाणिज्य बैंक, साइपालमा एभरेष्टको नयाँ शाखा

बैंकमा झण्डै साढे ६७ खर्ब रुपैयाँ निक्षेप, कसको कति ? Read Next

बैंकमा झण्डै साढे ६७ खर्ब रुपैयाँ निक्षेप, कसको कति ?