काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर, सोल्टी होटल र मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा एनआरएनको ५ प्रतिशत (६ लाख ११ हजार ६०५.८५ कित्ता), सोल्टीको १० प्रतिशत (९२ लाख ९० हजार ८९९ कित्ता) र मन्दाकिनीको ५ प्रतिशत ( ३ लाख ७ हजार ९८४.३३ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।