स्वरोजगार लघुवित्तले पायो एफपीओ जारी गर्न बोर्डबाट अनुमति

FPO

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएको छ ।

लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले एफपीओ जारी गर्न माघ २७ गते अनुमति दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो ।

लघुवित्तले सर्वसाधरण र संस्थापकको सेयर हिस्सा मिलाउन एफपीओ जारी गर्न लागेको हो ।

लघुवित्तको एफपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

राष्ट्रिय गौरवका सडकको बजेट खर्च सुस्त, कुनले कति गरे ? Read Previous

राष्ट्रिय गौरवका सडकको बजेट खर्च सुस्त, कुनले कति गरे ?

कर्णालीबाट ४ अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी Read Next

कर्णालीबाट ४ अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी