छिमेक लघुवित्तको नाफा आधा अर्ब, वितरणयोग्य नाफा १ अर्ब ६० करोड

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १७.३३ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ करोड १८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ करोड रुपैयाँ बढी हो। गत आवको सोही अवधिमा लघुवित्तले ४३ करोड ६२ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्त खुद ब्याज आम्दानी घटे पनि संचालन मुनाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८८ प्रतिशत घटेर १ अर्ब ३५ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ । लघुवित्तको संचालन मुनाफा १७.५७ प्रतिशतले बढेर ७२ करोड १७ लाख पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३६ अर्ब ३४ करोड निक्षेप संकलन र ३ अर्ब ८२ करोड सापटी लिई कुल ३७ अर्ब ८२ करोड कर्जा लगानी गरेको छ ।

हाल ३ अर्ब २१ करोड चुक्ता पूँजी रहेको सेयर प्रिमियममा ४ करोड ९६ लाख र जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ६० करोड रुपैयाँ छ । जसबाट ४९.७२ प्रतिशत लाभांश दिन सक्छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.५४ रुपैयाँ बढेर २१.८४ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २३७.४९ रुपैयाँ छ । यस अवधिमा लघुवित्तले खराब कर्जा २.९५ प्रतिशतबाट घटाएर २.७२ प्रतिशतमा झारेको छ ।

१२ मन्त्रालयले पाए १ खर्ब स्रोत सहमति, कुनले कति ? Read Previous

१२ मन्त्रालयले पाए १ खर्ब स्रोत सहमति, कुनले कति ?

शिवम् सिमेन्टको नाफामा उच्च गिरावट, जगेडा कोषमा भने ३ अर्ब बढी Read Next

शिवम् सिमेन्टको नाफामा उच्च गिरावट, जगेडा कोषमा भने ३ अर्ब बढी