नेपाल लाइफको नाफा ४७ करोड नाफा, रिटेन्ड अर्निङमा झण्डै साढे २ अर्ब

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले खुद नाफामा सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९.४५ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ धेरै । कम्पनीले गत वर्ष सोही अवधिमा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.२६ प्रतिशतले बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २३.३० प्रतिशत बढेर ९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ संचित छ भने अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ छ । त्यस्तै, महाविपत्ती कोषमा १ अर्ब ११ करोड रुपैयाँ छ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ०.९९ रुपैयाँले बढेर ११.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.५१ रुपैयाँ रहेको छ ।

६ क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौं महानगर Read Previous

६ क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौं महानगर

कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बने थप ३ पक्की पुल Read Next

कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बने थप ३ पक्की पुल