काठमाडौं । काभ्रेपलाञ्चोकको बल्थली पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्य रूपमा विकसति हुँदै गएको छ । शान्त वातावरण, सांस्कृतिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि बल्थली आन्तिरक तथा विदेशी पर्यटकको रोजाइमा पर्न थालेको हो ।
काठमाडौं उपत्यकाबाट नजिकै रहेकाले सहरको कोलाहलबाट रिफ्रेश हुन जानेका लागि यो उत्कृष्ट गन्तव्य रहेको छ । नाइट स्टे, हाइकिङ, साइक्लिङ गर्न जानेको संख्या बढ्दो क्रममा छ । बढ्दो पर्यटकको चापलाई मध्येनजर गर्दै पछिल्लो समय बल्थलीमा सुविधायुक्त होटल तथा रिसोर्ट बन्ने क्रम बढ्दो छ ।
यसैक्रममा, अर्गानिक खाना र प्राकृतिक दृश्यवलोनको संगमको रूपमा बल्थलीमा ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ संचालनमा ल्याइएको छ ।
काठमाडौंबाट करिब ४० किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टमा पारिवारिक जमघट तथा सेमिनार गर्नेहरूको अहिले बाक्लो उपस्थिती रहेको छ । थुम्की अर्थात डाँडाको टुप्पोमा रहेको उक्त रिसोर्टबाट बेलुकाको समयमा बनेपा, धुलिखेल, नबोबुद्ध, पनौती लगायत बजारहरूको झिलिमिलीको मज्जा लिन सकिने छ भने बिहान र दिउँसोको समयमा मनोरम हिमश्रृंखलाको मज्जा लिन सकिने छ ।
काभ्रेका स्थानीय सफल युवा व्यवसायी लक्ष्मण न्यौपानेको नेतृत्वमा काभ्रेको बल्थलीमा संचालनमा आएको थुम्की रिसोर्टमा रिसोर्टमा हाल २० लक्जरी रुमसहित आफ्नै कम्पाउण्डमा अर्गानिक खेती गरिएको छ ।

कुल २० करोड रुपैयाँको लगानीमा निर्मित उक्त रिसोर्टमा पहिलो चरणमा पर्यटकलाई अर्गानिक खाना सहितको बसोबास उपलब्ध गराउँदै आएको छ ।
‘हामीले विशेषगरी अर्गानिक खानालाई प्राथमिकता दिँदै रिसोर्टभित्रै सोही अनुरुपका तरकारीहरू उत्पादन सुरू गरेका छौं भने स्थानीय स्तरबाटै लोकल कुखुरा, कालिज, खसी, बोका लागि उपलब्ध गराउँदै आएका छौं,’ उक्त रिसोर्टका अध्यक्ष न्यौपानेले भने, ‘विशेषगरी उक्त रिसोर्टमा आउने पाहुँनाहरूले अर्गानिक खानाका साथै पारिवारिक जमघटको मज्जा लिन सक्नुहुनेछ ।’
उक्त रिसोर्टमा सेमिनार, गोष्ठी लगायतका कार्यक्रमा गर्न ७० जना क्षमता भएको सेमिनार हल रहेको छ । साथै, आगामी रिसोर्टले आगन्तुकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वीमिङ पुलका साथै स्टिम, साउना, ज्याकुजीको समेत सुविधा उपलब्ध गराउनले न्यौपानेले जानकारी दिए ।
ठूलो मात्रामा पार्किङ सुविधा रहेको उक्त रिसोर्टले आफ्नै फाम हाउस रहेको छ । साथै आगामी दिनमा बालबालिकालाई आकर्षित गर्न २० रोपनी जग्गामा चिल्ड्रेन पार्क समेत निर्माण गर्ने न्यौपानेले जानकारी दिएको छ ।

‘हामीले उक्त रिसोर्टलाई सन् २०२४ बाट संचालनमा ल्याएको हौं,’ उनले भने, ‘अहिले पारिवारिक जमघट तथा वार्षिक साधारणसभा र सेमिनार गर्न आउने संघसंस्थाहरूको राम्रो उपस्थिती रहेको छ ।’ पछिल्लो समय होटलले उपलब्ध गराएको अर्गानिक खाना र सोही अनुरुपको सेवा सुविधाले गर्दा एक पटक आएको ग्राहकहरू पुनः आउने गरेको समेत उनको भनाइ छ ।
तत्कालका लागि २० वटा लक्जरी रुमबाट सेवा दिँदै आएकोका निकट भविश्यमै थप ३० रुम थप्ने समेत उनले जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार उक्त रिसोर्टबाट बेलुकाको सूर्यास्तका साथै बिहानको सूर्योदयको समेत मज्जा लिन सकिनेछ । साथै, रिसोर्टले हिमालयको दृश्यावलोकन गर्न आगन्तुकलाई उच्च क्षमताको टेलिस्कोप समेत उपलब्ध गराउँदै आएको छ ।
उक्त टेलिस्कोपबाट खगोल सम्बन्धी अध्ययन गर्ने विद्यार्थीलाई समेत फाइदा पुग्नेछ । साथै उक्त रिसोर्टबाट नमोबुद्ध, महाभारत रेञ्जको सबैभन्दा अग्लो स्थान नारायणथान, तिनधारे झर्ना, कामीडाँडा लगायत अन्य गुम्बा र बौद्ध स्तुपाको भ्रमण तथा हाईकिङ गर्न सकिनेछ ।
त्यसैगरी, उक्त रिसोर्टबाट विश्वकै अग्लो त्रिशूल रहेको लर्केश्वर धाम र नमोबुध गुम्बामा समेत हाइकिङ गर्न किनेछ । साथै उक्त रिसोर्ट काभ्रेकै पहिलो अपाङमैत्री समेत रहेको छ । जहाँ कोठामा जान र वरपर घुम्न तथा हलमा कार्यक्रम गर्न सहजै ह्वीलचियरको प्रयोग गर्न सकिनेछ ।
उक्त रिसोर्ट संरक्षित क्षेत्रमा रहेकाले दूर्लभ वन्यजन्यतु सालकका साथै जरायो, मृग, दुम्सी, बँदेल, खरायो, चितुवा, कालिज लगायतका बन्यजन्तु तथा चराचुरुङ्गी हेरेर आनन्द लिन सकिनेछ । अपाङमैत्री उक्त रिसोर्टलाई वातावरणमैत्री समेत बनाइएको छ । रिसोर्टले त्यहाबाट निस्कने फोहोर तथा पानीलाई ढलमा नमिसाई आधुनिक प्रविधिबाट रिसाइकल गरी पुनः प्रयोगमा ल्याउने विधि समेत जडान गरिएको न्यौपानेले जानकारी दिए ।