गार्डियन माइक्रो लाइफको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले बिहीबार सर्वसाधरण (कम्पनीका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फण्डसमेत) र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको सर्वसाधरण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, भोलि प्रि-ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १००.३४ रुपैयाँदेखि ३०१.०२ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि GMLI संकेत चिह्न प्रदान गरेको छ ।

'नाइट स्टे' र अर्गानिक खानाका लागि उत्कृष्ट गन्तव्य बल्थलीको 'थुम्की' Read Previous

'नाइट स्टे' र अर्गानिक खानाका लागि उत्कृष्ट गन्तव्य बल्थलीको 'थुम्की'

अब सूर्तीजन्य पदार्थको बट्टाको सबै भागमा घातक चित्र छाप्नुपर्ने Read Next

अब सूर्तीजन्य पदार्थको बट्टाको सबै भागमा घातक चित्र छाप्नुपर्ने