बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौं । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो । मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ ।

एक्बुलेन्स सेवामा ‘भूगोल फ्ल्याग’ दूरी एकदेखि ५ किलोमिटरसम्म मानेर त्यसको भाडादर ३०० देखि ५०० रुपैयाँसम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ ।

तराईं र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ ।

बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवद्र्धन गर्न सहयोग पुर्याउँछ : गभर्नर अधिकारी Read Previous

बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवद्र्धन गर्न सहयोग पुर्याउँछ : गभर्नर अधिकारी

सुस्तावासीलाई १ वर्ष निःशुल्क बिजुली, मिटर जडान गरिँदै Read Next

सुस्तावासीलाई १ वर्ष निःशुल्क बिजुली, मिटर जडान गरिँदै