काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० कित्ता रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ छ । हकप्रद जारीपछि २ अर्ब १० करोड ४३ लाख रुपैयाँ पुग्नेछ ।