हिमालयन लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (माघ २५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै हिमालयनको लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट १४ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीको फागुन ११ गते १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ ।

नेपाली मुद्रा झन्झन कमजोर, डलरको मूल्य कीर्तमानी १४० रुपैयाँ नाघ्यो Read Previous

नेपाली मुद्रा झन्झन कमजोर, डलरको मूल्य कीर्तमानी १४० रुपैयाँ नाघ्यो

८२ मेगावाटको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा Read Next

८२ मेगावाटको तल्लो सोलु हाइड्रो निर्माण अन्तिम चरणमा