नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । मंगलबार १४ अंकले घटेको नेप्से आज पनि ४ अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २७१५.९१ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ करोडले बढेर ८ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ । फाइनानस समूहकाे परिसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ भने व्यापार १.४२ प्रतिशतले घटेको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपवार र सेन्ट्रल फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमााएका छन् ।

 

१४ वर्षमा पनि बनेन भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाट पुल Read Previous

१४ वर्षमा पनि बनेन भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाट पुल

नागढुंगा-नौबिसे सुरुङमार्गको ८५ प्रतिशत काम सकियो, ११ पूर्वाधार निर्माण सम्पन्न Read Next

नागढुंगा-नौबिसे सुरुङमार्गको ८५ प्रतिशत काम सकियो, ११ पूर्वाधार निर्माण सम्पन्न