क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको सेयर किन्न विद्युत् प्राधिकरणले पायो स्वीकृति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेको ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को सेयर खरिद गर्न अनुमति पाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई ‘आइएल एण्ड एफएस इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड’ को विद्युत् प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ हजार १६३ कित्ता संस्थापक सेयर खरिद गर्न प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको हो ।

क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनी नेपाल-भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण लाइन निर्माणको लागि स्थापित कम्पनी हो ।

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड Read Previous

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

बगरमा परिणत भएको च्यासल खेल मैदान मर्मत गर्न २ करोड लाग्ने Read Next

बगरमा परिणत भएको च्यासल खेल मैदान मर्मत गर्न २ करोड लाग्ने