नाडाको सहयोगमा पोखरामा ‘वाडा अटो शो’ आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा पहिलो पटक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) अटो शो आयोजना हुने भएको छ ।

आगामी चैत १३ गतेदेखि १७ गतेसम्म पोखरामा वाडा अटो शो आयोजना हुने भएको हो । उक्त अटो शोका लागि नाडाले मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।

उक्त अटो शोका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरूलाई अघि बढाउने नाडाले जनाएको छ ।

नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडासँग सहयोग मागेका थिए ।

नाडाका अध्यक्ष करण चौधरीले वाडा अटो शो को संम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रूपमा छलफल गरी नाडाले सहयोग गर्ने बताएका थिए ।

नाडाले सन् १९९८ देखि हरेक वर्ष राजधानी काठमाडौंमा नाडा अटो शो आयोजना गर्दै आएको छ । गत भदौमा १६ औं संस्करणको नाडा अटो शो २०२४ सम्पन्न गरेको थियो ।

यसैक्रममा नाडाले अन्य प्रदेशहरूमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्नेछ ।

बैंकिङ प्रणालीका समस्या समाधान गर्न कानुनी सुधारको प्रक्रिया अघि बढाइँदै छ : गर्भनर अधिकारी Read Previous

बैंकिङ प्रणालीका समस्या समाधान गर्न कानुनी सुधारको प्रक्रिया अघि बढाइँदै छ : गर्भनर अधिकारी

नबिल बैंकद्धारा जनकपुरमा सर्टिफिकेट कोर्स सुरू Read Next

नबिल बैंकद्धारा जनकपुरमा सर्टिफिकेट कोर्स सुरू