लुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्दै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । टायल उत्पादक लुम्बिनी सेरामिक्सले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा लुम्बिनी सेरामिक्सका कम्पनी सञ्चालक श्यामसुन्दर खेतान र नबिल इन्भेष्टमेन्ट बैंकिङका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे।

कम्पनीले कति कित्ता आइपीओ जारी गर्ने भन्ने बारेमा भने केही खुलाएको छैन ।

४ अर्ब लगानीमा खुलेको लुम्बिनी सेरामिक्सले शतप्रतिशत भिट्रिफाइड लामिनार टायल उत्पादन गर्दै आएको छ ।

बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा ४ आकारका टायल्स उपलब्ध छन् ।

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, ५ महिना यताकै धेरै कारोबार Read Previous

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, ५ महिना यताकै धेरै कारोबार

५ जिल्ला छिचोल्दै तराईसँग जोडियो ढोरपाटन Read Next

५ जिल्ला छिचोल्दै तराईसँग जोडियो ढोरपाटन