१ अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

काठमाडौं । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् ।

 

नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल १ अर्ब ८० करोड रुपैयाँ बराबरको छ ।

 

‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना १ अर्ब रुपैयाँ बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ ।

 

यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना ८० करोड रुपैयाँ बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ ।

 

ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ ।

शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि Read Previous

शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि

सामाजिक सुरक्षा कोषमा १ लाख ३५ हजार श्रमिक सूचीकृत Read Next

सामाजिक सुरक्षा कोषमा १ लाख ३५ हजार श्रमिक सूचीकृत