शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि

काठमाडौं । यो साता शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १६ अंकले बढेको बजार सोमबार १८ अंकभन्दा बढीले बढेको छ । पछिल्लो दुई दिनमा मात्र सूचक ३४ अंकले बढेको छ भने डेढ अर्बभन्दा बढीको कारोबार भएको छ ।

 

आज बजार खुलेदेखि नै तीव्र उतरचढाव देखियो । ११८२.३१ विन्दुबाट बढ्न शुरु गरेको नेप्से १८.२६ अंकले बढेर १२००.६९ विन्दुमा पुगेर बन्द भएको छ । आज १७८ कम्पनीको ४४ करोड २५ लाख ८२ हजार १५० रुपैयाँ बराबरको कारोबार भएको छ । २६ लाख ८३ हजार ६१० कित्ता शेयर किन बेच भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अरु सबै समूहको सूचक उकालो लागेका छन् । आज लघुवित्त समूहको सूचक सबैभन्दा धेरै ३३.९८ अंकले बढेको छ । बैकिङ समूह २५.८६ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा आज एनआइसी एशिया बैंकको शेयर शीर्ष स्थानमा रह्यो । यसको ८ करोड ४६ लाख ५ हजार २१५ रुपैयाँको कारोबार भएको छ ।

 

आज वोमी माइक्रोफाइनान्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य करीब १० प्रतिशतले बढेको छ । नेको इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ४.९४ प्रतिशतले घटेको छ ।

२२ परियोजनामा १६ अर्ब लगानी प्रतिबद्धता Read Previous

२२ परियोजनामा १६ अर्ब लगानी प्रतिबद्धता

१ अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै Read Next

१ अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै