काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १४०० रुपैयाँले बढेर १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।