
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २८.६८ प्रतिशतले घटेको हो ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्म ८४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३४ लाख रुपैयाँ कम हो । गत वर्ष पुससम्म आत्मनिर्भरले १ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन नाफा ऋणात्मक हुँदा र खराब कर्जा बढ्दा नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.५८ प्रतिशतले बढेर ६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, पुससम्म लघुवित्तको संचालन नाफा ३१ लाख २६ हजार रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा लघुवित्तले ९१ करोड ४३ लाख रुपैयाँ निक्षेप र १० करोड ७२ लाख रुपैयाँ सापटी लिई कुल १ अर्ब ४६ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
हाल ७ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा १८ करोड ८३ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १०.७६ रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा १४.४३ प्रतिशतबाट बढेर १५.०९ प्रतिशत पुगेको छ ।
आत्मर्निभर नेप्सेमा सूचीकृत ५० मध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५ हजार ९८ रुपैयाँ छ ।