ऊर्जामन्त्री विरुद्धको उजुरीमा छलफल गर्न गएनन् काँग्रेस सांसद, कोरम नपुगेपछि बैठक स्थगित

फाइल तस्वीर ।

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । २५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

बिहान ११ः३० बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थिति रह्यो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरुको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ ।

समितिमा मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको उजुरी परेको थियो । आजको बैठकमा सोही विषयमा छलफल गर्ने कार्यसूची थियो । तर, समितिमा रहेका अधिकांश काँग्रसका सांसदहरु अनुपस्थित हुँदा कोरोम नपुगेपछि बैठक स्थगि भएको हो ।

यद्यपि, बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए ।

उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । समितिमा २५ सदस्य छन् । बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ ।

काँग्रेसको ‘स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू, 'रोजगारी सिर्जना गर्नु आवश्यकता' Read Previous

काँग्रेसको ‘स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू, 'रोजगारी सिर्जना गर्नु आवश्यकता'

अस्थिर नीतिले सेयर बजार 'पेनिक', लाभांश दिन नसक्ने कम्पनीको आइपीओ रोक्न माग Read Next

अस्थिर नीतिले सेयर बजार 'पेनिक', लाभांश दिन नसक्ने कम्पनीको आइपीओ रोक्न माग