काठमाडौं । हिमालयन लाइफले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले फागुन ११ गते १७ औँ वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा अनुपम फूडल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ ।
कम्पनीले सभामा आव २०७९/८० वर्षको नाफाबाट घोषणा गरेको १४ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश सेयरधनीहरूले नै भुक्तानी गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्नेछ।प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
हिमालयन लाइफले सभा तथा लाभांश प्रयोजनका लागि माघ २५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार माघ २४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।