झण्डै ५ लाख कित्ता सेयर लिलामीमा ल्याउँदै लाइफ इन्स्योरेन्स कर्पोरेशन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड झण्डै ५ लाख कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले माघ २१ गतेदेखि सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।

कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरमध्ये अवितरित हकप्रद लिलामी मार्फत बिक्रीमा ल्याउन लागेको हो ।

उक्त लिलामी सेयरमा लगानीकर्ताले फागुन ५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट तोक्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम सेयर मूल्य १०० रुपैयाँ घटाउन पाइने छैन ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्।

मर्चवार ‘सबस्टेसन’ निर्माण तीव्र Read Previous

मर्चवार ‘सबस्टेसन’ निर्माण तीव्र

सैन्य जहाज अवतरण गर्न नदिएपछि ट्रम्पले कोलम्बियालाई लगाइदिए कर Read Next

सैन्य जहाज अवतरण गर्न नदिएपछि ट्रम्पले कोलम्बियालाई लगाइदिए कर