काठमाडौं । वोमी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको पुस २० गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी २५ करोड २५ लाख रुपैयाँ छ भने बोनस वितरण पछि ३० करोड ३० लाख रुपैयाँ पुग्नेछ।
