गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू, अब न्यून भिजिबिलिटीमा पनि उडान हुने

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी-एआर) प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।

भिजिबिलिटी समस्या समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आजदेखि भू-उपग्रहमा आधारित आरएनपी-एआर प्रणाली जडान गरेको हो ।

उक्त विमानस्थलमा ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम ९आइएलएस) प्रणाली लागू गरिने भनिए पनि भारतले अनुमति नदिएपछि विकल्पको रुपमा आरएनपी-एआर प्रणाली जडान गरिएको हो ।

क्यानका अनुसार अब गौतमबुद्ध विमानस्थलमा पनि ८०० मिटर भिजिबिलिटीमै उडान/अवतरण गर्न सकिनेछ । यसअघि यान्त्रिक विधि (आइएफआर) मा उडान/अवतरण गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी कम्तीमा १ हजार ८०० मिटर बढिी चाहिन्थ्यो ।

प्रतिकूल मौसम (हुस्सु, कुहिरो)कै कारण देखाउँदै नियमित उडान गर्दै आएका कतार एयरवेज,थाई एयर एशिया, फ्लाइ दुबई र जजिराले पुसदेखि भैरहवामा उडान रोकेका थिए । अब भने भिजिबिलिटीकै कारण उडान रोक्नुपर्ने अवस्थाको अन्त्य भएको क्यानले जनाएको छ । यसअघि आरएनपी-एआर प्रणाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगमा आइसकेको छ ।

क्यानका अनुसार आरएनपी–एआर प्रणालीम उडान/अवतरण गर्न विमान कम्पनीहरुले पाइलटलाई तालिम दिनुका साथै जहाजमा विशेष उपकरण प्रयोग भएको हुनुपर्छ । यसका लागि एयरलाइन्स कम्पनीले क्यान र आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिनुपर्ने हुन्छ । त्यसपछि टेस्ट फ्लाइट सम्पन्न गरेपछि मात्रै पूर्ण रुपमा यो प्रणाली अन्तर्गत उडान/अवतरण गर्न सक्नेछन् ।

२०७९ जेठ २ गते उद्घाटन गरिएको यो विमानस्थलमा अझै पूर्ण रुपमा संचालनमा आउन सकेको छैन । गत कात्तिक २३ देखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका सुरू भएकाले ४ विदेशी एयरलाइन्सले भैरहवा उडान थालेका थिए । तर, मौसमको कारण देखाउँदै एक महिनामै उडान रोकेको थिए । यद्यपि, आगामी फेब्रुअरीदेखि फेरि ती एयरलाइन्सले नियमित उडान गर्ने तयारी गरेको क्यानले जनाएको छ ।

एशियाली विकास बैंकको ८ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोगमा उक्त विमानस्थल निर्माण गरिएको थियो । संचालनमा आएको ३ वर्षबित्दा समेत पूर्ण क्षमतमा चल्न नसकेपछि हाल संचालन खर्च समेत धान्न सक्ने अवस्था छैन ।

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

दोधारा-चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान, लागत ४ अर्ब Read Next

दोधारा-चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान, लागत ४ अर्ब