नेप्सेमा दोहोरो अंकको करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । यस साता आइतबारदेखि लगातार चार दिनमा ७७ अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो । साग्रमा यससाता नेप्से ६६ अंकले बढेको छ ।

बिहीबार नेप्से परिसूचक ११.१ अंकले घटेर २६५४.३५ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३५ करोड रुपैयाँले घटेर ७ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूह मध्ये विकास बैंक र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशतले घटेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक ३० करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज सुपर मादी र मन्दाकिनी हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

 

महानगर यातायातले एकैपटक थप्यो ४० बस, धुलिखेलसम्म चल्ने Read Previous

महानगर यातायातले एकैपटक थप्यो ४० बस, धुलिखेलसम्म चल्ने

गौतमबुद्ध विमानस्थलमा 'आरएनपी-एआर' प्रणाली लागू, अब न्यून भिजिबिलिटीमा पनि उडान हुने Read Next

गौतमबुद्ध विमानस्थलमा 'आरएनपी-एआर' प्रणाली लागू, अब न्यून भिजिबिलिटीमा पनि उडान हुने