सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने १५ विकास बैंक र फाइनान्सका सीईओ कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको भन्दै १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जा सदुपयोग नगरेको भन्दै ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई कारबाही स्वरुप सचेत गराएको हो ।

कोभिड १९ को समयमा अर्थतन्त्र पुनर्उत्थान गर्ने भन्दै राष्ट्र बैंकले पुनर्कर्जा र सरकारले सहुलियतपूर्ण कर्जा सुविधा दिएका थिए । उक्त कर्जाको दुरुपयोग भएको भन्दै प्रश्न उठेपछि सरकारले स्वतन्त्र परामर्शदाता नियुक्त गरी छानबिन अगाडि बढाएको थियो । सोही परामर्शदाताले बुझाएको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्सका सीईओलाई कारबाही स्वरुप सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार लुम्बिनी, महालक्ष्मी, कामना सेवा, मुक्तिनाथ, सालपा, गरिमा र सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओहरूलाई सचेत गराइएको छ ।

त्यस्तै, फाइनान्सतर्फ समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सीईओहरूलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

 

सिमरा सेज पीपीपी मोडलमा संचालन गर्न स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू Read Previous

सिमरा सेज पीपीपी मोडलमा संचालन गर्न स्वीकृति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

माघ १५ गतेदेखि आइपीओ बिक्री गर्दै क्रेस्ट माइक्रो लाइफ Read Next

माघ १५ गतेदेखि आइपीओ बिक्री गर्दै क्रेस्ट माइक्रो लाइफ