सानिमा बैंकद्धारा हिमालय हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान

काठमाडौं । सानिमा बैंक पोखरा, न्यूरोड शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत पोखारामा रहेको हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

 

उक्त मेसिन शनिबार सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले हस्पिटलका प्रमुख मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनलाई हस्तानतरण गरे ।

 

प्रमुख अधिकृत दाहालले बैंकले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसैगरी हस्पिटलका प्रमुख महर्जनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे ।

 

सानिमा बैंकले हाल देशभरका ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

पाँच ‘गेम चेन्जर’ आयोजना अगाडि बढाउँदै लगानी बोर्ड Read Previous

पाँच ‘गेम चेन्जर’ आयोजना अगाडि बढाउँदै लगानी बोर्ड

मुग्लिन सडकमा चट्टान खोपेर पहिरो रोक्दै Read Next

मुग्लिन सडकमा चट्टान खोपेर पहिरो रोक्दै