संचालनमा आए मकवानपुर-काठमाडौं जोड्ने दुई सडक

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई प्रदेश राजधानी हेटौंडा जोड्ने दुई सडक पुनः संचालनमा आएका छन् । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा ठूलो बार्गेनिङ भइरहेको सुनिएको छ : सांसद केसी Read Previous

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा ठूलो बार्गेनिङ भइरहेको सुनिएको छ : सांसद केसी

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही Read Next

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही