सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेको सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।

क्यानले लामिछानेलाई अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । लामिछाने आचारसंहिता विरूद्ध सामाजिक सञ्जाल फेसबुक स्ट्याट्स लेखेको भन्दै क्यानले उनलाई ३ डिमेरिट अंक दिने निर्णय गरेको हाे।

यससँगै अब लामिछानेले क्यानले आयोजना गर्ने कुनै पनि प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन् ।

सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै फेसबुकमा आक्रोश पोखेका थिए ।

संचालनमा आए मकवानपुर-काठमाडौं जोड्ने दुई सडक Read Previous

संचालनमा आए मकवानपुर-काठमाडौं जोड्ने दुई सडक

नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी