काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार आफ्नो कार्यालय प्राङ्गण, जेडीए कम्प्लेक्स, बागदरबार, काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोगमा रक्तदान सम्पन्न गरेको हो ।
कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन् । रगतको अभाव र विभिन्न आपतकालिन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै रक्तदान जस्तो सामाजिक कार्य गरि समाज प्रतिको दायित्व निर्वाह गर्नका लागी कम्पनीको विशेष दिनमा यस पुनित कार्य आयोजना गरेको हो ।
आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।