लेखा समितिमा उजुरीको चाङ, ‘सरकारको लाचार छाया बन्यो’

काठमाडौं । प्रतिनिध सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरीको चाङ लागेको छ । समितिमा गत आर्थिक वर्ष र चालु वर्षमा गरी कुल ९० बढी वटा उजुरी परेका हुन् ।

सार्वजनिक लेखा समितिमा आर्थिक वर्ष २०८०/८१ मा ६५ वटा उजुरी परेका थिए। यो आर्थिक वर्षमा अहिलेसम्म २५ बढी उजुरी परेका हुन् । तर, हालसम्म समितिले ती उजुरी माथि छलफल सुरू गरेको छैन ।

लेखा समितिले सार्वजनिक सरोकार र सरकारको लेखा सम्बन्धी विषय हेर्छ ।

प्रतिपक्षी दल नेकपा माओवादीका सांसद लेखनाथ दाहालले तत्काल उजुरी माथि छलफल गर्न माग गरे । उनले लेखा समिति सरकारको लाचार छाया बनेको समेत आरोप लगाए । उनले समितिमा आएको उजुरी छलफल नगरी डन्पिङ गरेर राखिएको बताए ।

उनले लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई नदिनुमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत रहेको आरोपसमेत लगाए । ‘लेखा समिति नेतृत्व पनि प्रतिपक्षीको हुनुपर्ने हो । तर, यहाँले नै नेतृत्व गरिराख्नु भएको छ । जबरजस्त नेतृत्व खोसिराख्नुभएको छ । यसमा सरकारको कुकर्म ढाकछोप गर्ने बदनियत देखिन्छ,’ उनले भने ।

सांसद दाहालले लेखा समिति सभापति सभापति ऋषिकेश पोखरेलको राजीनामा समेत माग गरेका छन् । पछिल्लो समय पोखरेल विभिन्न विवादमा मुछिएका छ । उनकी श्रीमती सहकारी ठगी र शोकीय सचिव गठी मुद्दामा मुछिएका छन् ।

 

राष्ट्रपतिद्धारा संसदको हिउँदे अधिवेशन आह्वान Read Previous

राष्ट्रपतिद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

चिया निर्यात ५५.७० प्रतिशतले बढ्यो, ६ महिनामा झण्डै ३ अर्बको विदेशियो Read Next

चिया निर्यात ५५.७० प्रतिशतले बढ्यो, ६ महिनामा झण्डै ३ अर्बको विदेशियो