राष्ट्रपतिद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले मंगलबार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।

हुस्सुले ‘भिजिबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प Read Previous

हुस्सुले ‘भिजिबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प

लेखा समितिमा उजुरीको चाङ, 'सरकारको लाचार छाया बन्यो' Read Next

लेखा समितिमा उजुरीको चाङ, 'सरकारको लाचार छाया बन्यो'