हुस्सुले ‘भिजिबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प

खजुरा (बाँके) । बाक्लो हुस्सु लागेका कारण ‘भिजिबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ ।

बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजिबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिंकी मल्लिकले बताए ।

उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको जानकारी दिए । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, संघीय राजधानी काठमाडौं, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।

उनका अनुसार जहाज उडाउन १ हजार भिजिबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि १ हजार ६०० भिजिबिलिटी आवश्यक पर्दछ । नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतिक्षामा विमानस्थलमा बसिरहेको छन् । शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । रासस

पर्सा भन्सारमा सशस्त्र प्रहरीले बढायो सक्रियता, २१ करोड बराबरको सामान बरामद Read Previous

पर्सा भन्सारमा सशस्त्र प्रहरीले बढायो सक्रियता, २१ करोड बराबरको सामान बरामद

राष्ट्रपतिद्धारा संसदको हिउँदे अधिवेशन आह्वान Read Next

राष्ट्रपतिद्धारा संसदको हिउँदे अधिवेशन आह्वान