निफ्राले कमायो ६४ करोड नाफा, वितरणयोग्य नाफा ५१ करोड

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६.९६ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्म बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४ करोड ८० लाख रुपैयाँ कम हो। गत वर्षको दोस्रो त्रैमासमा बैंकले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै बैंकको खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.३३ प्रतिशत घटेर १ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ६.९४ प्रतिशतले घटेर ९१ करोड ७१ लाख रुपैयाँमा झरेको छ ।

हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा ३ अर्ब ५७ करोड संचित छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५२ करोड २१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले ७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २६ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ४४९.९३ प्रतिशत र कर्जा २१.३१ प्रतिशतले बढेको हो ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.३९ रुपैयाँबाट घटेर ५.९४ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११६.५४ रुपैयाँ, खराब कर्जा ०.३ प्रतिशत छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो, १ लाख कित्तासम्म भर्न पाउने Read Previous

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो, १ लाख कित्तासम्म भर्न पाउने

एउटै पालिकाबाट बिक्री भयो ६ करोडको अदुवा Read Next

एउटै पालिकाबाट बिक्री भयो ६ करोडको अदुवा