सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण

काठमाडौं । सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरू गर्ने योजना जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२५ वटा एटीएम संचालनमा रहेका छन् ।

नेपाल-भारत व्यापार सम्झौता प्रभावकारी बनाउन नाडाले गर्यो छलफल Read Previous

नेपाल-भारत व्यापार सम्झौता प्रभावकारी बनाउन नाडाले गर्यो छलफल

ठेकेदारको लापारबाहीले कर्णालीका ३३ ठूला आयोजना अलपत्र Read Next

ठेकेदारको लापारबाहीले कर्णालीका ३३ ठूला आयोजना अलपत्र