गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । १६ लाख ३८ हजार बढीको भने हात खाली भएको छ ।

कम्पनीले गत पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक कुमारी क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा Read Previous

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बैंकमा पैसा थुप्रेपछि एकैदिन ६० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रेपछि एकैदिन ६० अर्ब तान्दै राष्ट्र बैंक