काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको माघ ४ गते बसेको बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।