काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा भक्तपसरको बोडेस्थित द्योमाँ जगत वृद्धाश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ ।
क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त वृद्धाश्रमलाई ६ थान हिटर र खाद्यान्न सामाग्रीहरू वितरण गरेको हो ।
माछापुच्छ्रे क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।