पुसको किस्ताबापत नेपाल एयरलाइन्सले तिर्‍यो ५३ करोड ऋण

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले न्यारोबडी जहाज खरिदका लागि लिएको मध्ये ५३ करोड ऋण भुक्तानी गरेको छ ।

निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको ५३ करोड ९ लाख ५५ हजार २८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।

निगमले हालको नेतृत्व आएपछि किस्ताबापत ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार ८१४ रुपैयाँ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए।

दुग्ध विकास संस्थानले महानगरलाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर Read Previous

दुग्ध विकास संस्थानले महानगरलाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

कागबेनी-छुसाङ सडक कालोपत्र गरिँदै, ५० करोड बजेटको  स्रोत सुनिश्चित Read Next

कागबेनी-छुसाङ सडक कालोपत्र गरिँदै, ५० करोड बजेटको  स्रोत सुनिश्चित