नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यसअघि तीन दिनमा लगातार ५९ अंकले घटेको नेप्से आज झण्डै २ अंकले बढेको हो ।

बुधबार नेप्से परिसूचक १.८३ अंकले बढेर २६९५.९६ बिन्दुमा पुगेको छ । सूचकमा झिनो सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८३ करोडले घटेर ५ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले बढेको छ भने फाइनान्स ३.४८ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावरको ३० करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको मूल्य घटेको छ ।

आज दोल्ती पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, सुपर मादी हाइड्रोपावर ९.८१ प्रतिशत, बाराही र श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

न्यादी हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न  Read Previous

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न 

नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आइएसओ प्रमाणपत्र Read Next

नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आइएसओ प्रमाणपत्र